काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा समातिएका १७ जनलाई थप अनुसन्धान गर्न ५ हिरासतमा राखिने भएको छ ।
पछिल्लो समय पक्राउ परेका नेपाल सरकारका सचिव कृष्णबहादुर राउतसहित १७ जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।
केन्द्रिय अनुसन्धान ब्यूरो (सिविआई)ले हालसम्म सचिव राउत, पूर्वसहसचिव एवं निर्वाचन आयोगका पूर्वआयुक्त सुधीर कुमार शाह, भाटभटेनी सुपरमार्केटका संचालक मीनबहादुर गुरुङसहित १७ जनालाई नियन्त्रणमा लिएर कार्वाही अघि बढाएको छ ।
ब्यूरोले यो प्रकरणमा ४ सयभन्दा बढीलाई अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट पक्राउको अनुमति लिइसकेको छ ।
२०४९ देखि २०६९ को अवधिमा सरकारका नाममा रहेको बालुवाटारस्थित ललिता निवासको १४३ रोपनीभन्दा बढी जग्गा गिरोहले हडपेको थियो ।
Categorized in राष्ट्रिय