७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

ललिता निवास प्रकरणमा अदालतले छाडेका कलाधर पुनः पक्राउ


प्रकाशित: शुक्रवार, ५ असार २०८०, २०ः४० बजे
- महानगरखबर

काठमाडौं । ललितानिवासको जग्गा प्रकरणमा पक्राउ परे लगत्तै अदालतको स्टे अर्डरबाट छुटेका मालपोत कार्यालय डिल्लीबजारका तत्कालिन कर्मचराी कलाधर देउजा पुनः पक्राउ परेका छन । 


सो प्रकरणमा पक्राउ परेका केहीले अदालतमा दिएको बन्दीप्रत्यक्षीकरणको रिट खारेज भएसँगै प्रहरीले शुक्रबार अपराह्न देउजालाई पक्राउ गरेको हो ।  केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार अदालतले उनसहित १७ जनालाई पक्राउ नगर्न भन्दै १९ साउन २०७९ मा दिएको आदेश खारेज भए फेरि आरोपीलाई पक्राउ गरिएको हो ।


यस सिआईबीले देउजासहित ७ जनालाई १२ असारमा पक्राउ गरेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex