९ भाद्र २०८३, मंगलबार
Header

ललिता निवास जग्गा प्रकरणमा २९० जनाविरुद्ध मद्दा दायर 


प्रकाशित: आइतवार, १० भाद्र २०८०, १२ः५० बजे
- महानगरखबर

काठमाडौं । ललिता निवास जग्गा हिनामिना प्रकरणमा सरकारी वकिलको कार्यालय काठमाडौंले चार पूर्वमन्त्रीसहित २९० जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको छ । 


सरकारी वकिल महेशप्रसाद खत्रीका अनुसार आइतवार जिल्ला अदालतमा मुद्दा दर्ता गरेका हुन ।


पूर्व उपप्रधानमन्त्री बिजयकुमार गच्छेदारसहित चार पूर्वमन्त्री र ६ जना पूर्वसचिवसहित २९० प्रतिवादीहरूविरूद्ध कीर्ते गरेकोमा पुरानो मुलुकी ऐन बमोजिम कैद र जरिवाना माग छ ।


यो प्रकरणमा किर्ते गर्ने अरू सर्वसाधारणलाई १ वर्ष कैद र मन्त्री, सचिवलगायत सरकारी कर्मचारीलाई थप दुई वर्ष सजाय माग गरिएको छ।


१८ अर्ब केही बढी बिगो भराउन पनि यो मुद्दामा माग गरिएको उल्लेख छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex