१० भाद्र २०८३, बुधबार
Header

ललिता निवास जग्गा प्रकरणमा मन्त्रालयका सचिवसहित ३ जना पक्राउ


प्रकाशित: आइतवार, २५ असार २०८०, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा प्रहरीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई पक्राउ गरेको छ ।


आइतबार राउतलाई नियन्त्रणमा लिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोकी एआइजी किरण बज्राचार्यले बताइन ।


प्रहरीले उनलाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको हो । उनी भौतिक पूर्वाधार मन्त्रालयमा शाखा अधिकृत हुँदा राउतले नक्कली मोहीलाई ललिता निवासको जग्गा दिने निर्णयको टिप्पणी उठाएका थिए ।


त्यसैगरी, ललिता निवास जग्गा प्रकरणमा जोडिएका समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र नापी सर्वेक्षक ध्रुवप्रसाद अर्याल पनि पक्राउ परेका छन । 


पक्राउ परेका घिमिरे समरजंग कम्पनीका प्रमुखको रुपमा रहेको बेलामा सरकारी जग्गा दाबी गर्नुपर्ने समयमा दाबी नगरेका कारण हिनामिनामा संलग्नता रहेको अनुसन्धानमा देखिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।


अर्याल नापी अधिकृतको रुपमा जग्गा नापजाँचमा संलग्न रहेको सीआईबीका अधिकारीले बताएका छन । 


यो सँगै सो प्रकरणमा पक्राउ पर्नेहरुको संख्या १२ जना पुुगेको छ । पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, व्यापारी मिनबहादुर गुरुङलगायत ९ जनालाई प्रहरीले यसअघि नै पक्राउ गरी अनुसन्धान गरिररहेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex