काठमाडौं । प्रहरीले ललिता निवास जग्गा प्रकरणका थप ३ जना आरोपीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाबुराजा महर्जन, घमनकुमार कार्की र शिवजी भट्टराई रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।
व्यूरोका अनुसार महर्जन नक्कली मोही, भट्टाराई २०६० सालमा कमनापा–४ का तत्कालिन वडासचिव, र कार्की २०६७ सालमा नापी कार्यालयका कर्मचारी थिए ।
प्रहरीले उनीहरुलाई पक्राउ गरेर थप अनुसन्धान थालेको बताएको छ ।
Categorized in राष्ट्रिय