काठमाडौं । ललिता निवास जग्गा प्रकरणको अभियोग पत्र सच्याउन जिल्ला अदालत काठमाडौंलाई पत्रचार भएको छ ।
सरकारी वकिलको कार्यालय, काठमाडौंले अदालतलाई सो पत्रचार गरी केही अरोपितहरुको विगो मागदावी घटाएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले तयार पारेको विवरण फरक भएको देखिएपछि सच्चाईदिन वकिल कार्यालयले अनुरोध गरेको हो ।
मागदावी घटाउने निवेदन अनुसार पूर्वमन्त्री चन्द्रदेव जोशीको विगो ६३ करोड १० लाख रुपैयाँबाट घटेर एक करोड ८ लाख रुपैयाँ मात्रै भएको छ ।
त्यसैगरी, आरोपितको नामावलीबाट विनिता अधिकारी र सुधिरा अधिकारी भट्टराईको नाम हटाइदिन आग्रह गरेको छ ।
Categorized in राष्ट्रिय