७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

ललिता निवास जग्गा प्रकरणका ३ आरोपी अस्पताल भर्ना


प्रकाशित: शुक्रवार, १५ असार २०८०, १८ः३० बज
- महानगरखबर

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका ३ जना अस्पताल भर्ना भएका छन । 


अस्पताल भर्ना हुनेहरुमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह र मालपोत कार्यालय डिल्लीबजारका पूर्वप्रमुख धर्मप्रसाद गौतम अस्पताल भर्ना भएका हुन । 


प्रहरी अधिकारीका अनुसार गुरुङले मुटु र रक्तचापसम्बन्धी समस्या देखाएर अस्पताल भर्ना भएका छन भने शाहीले मेरुदण्ड र प्रोस्टेटको समस्या देखाएका छन ।


त्यस्तै गौतमले पनि स्वास्थ्य समस्या देखाएर अस्पताल भर्ना भएको प्रहरीको भनाई छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीहरुलाइ असार १२ गेत पक्राउ गरेका थिए ।

 
सरकारी लिखत तथा कागजात कीर्ते गरेर बालुवाटारस्थित ललिता निवासको जग्गा हडपिएको प्रकरणमा उनीहरु पक्राउ परेका हुन । 


ब्यूरोले पक्राउ गरेका ७ जनामध्ये कलाधर देउजा, सुरेन्द्रमान कपाली र भुपेन्द्रमणि केसी सर्वोच्च अदालतको निषेधाज्ञाको आदेश देखाएर त्यसैदिन छुटेका थिए । 


अस्पतालमा बसेका तीन जनाले आफूहरुलाई गैरकानूनी रुपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन समेत दिएका छन । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex