काठमाडौं । विशेष अदातलले बालुवाटारको ललिता निवासको सरकारी जग्गा भ्रष्टाचार प्रकरणको मुद्दा फैसला सुनाएको छ ।
आज अदालतले उक्त सररकारी जग्गा निजी व्यक्तिहरूको नाममा गएको प्रकरणमा फैसला दिने भएको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललिता निवासको १४३ रोपनी जग्गाको कागजात किर्ते गरी व्यक्तिको नाममा गएको भन्दै मुद्दा दायर गरेको भन्दै विशेष अदालतमा पूर्वउपप्रधानमन्त्री विजय गच्छदारसहित चार पूर्वमन्त्री, आयोगका पूर्वप्रमुख र २ जना पूर्वसचिवसहित १७५ जनालाई भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
अख्तियारले २०७६ माघ २२ गते उनीहरुविद्ध किर्ते गरेको आरोपमा मुद्दा दायर गरको छ ।
उक्त जग्गा प्रकरणमा माघ २ गतेदेखि विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा मुद्दाको सुनुवाइ भइरहेको थियो ।
मुद्दाको अन्तिम किनारा लगाउने गरी विशेषले उक्त मुद्दालाई बुधबार हेर्दाहेर्दैमा राखेको हो ।
यी कुल १ सय ४३ रोपनीभन्दा बढी जग्गा २०४९ देखि २०६९ को अवधिमा किर्ते गरी हडपिएको थियो ।
Categorized in राष्ट्रिय