१३ बैशाख २०८१, बिहिबार
Header

ललितपुुर विस्फोटमा मृत्यु हुनेको संख्या दुई पुग्यो, छानविन समिति गठन


प्रकाशित: विहिवार, ८ बैशाख २०७९, २०ः२० बजे
- महानगरखवर

काठमाडौं । ललितपुरको पाटन औद्योगिक क्षेत्रस्थित सगरमाथा अक्सिजन प्लान्टमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या दुई पुगेको छ ।


महानगरीय प्रहरी परिसरका अनुसार पाटन अस्पतालमा उपचारका क्रममा दिउँसो १ः४५ बजे विस्फोटनमा परी घाईते भएका भारत घर भइ हाल ललितपुर महानगरपालिका–१८ बस्ने २५ वर्षीय राजुकमार महतोको पनि मृत्यु भएाके हो । 


बिहीबार बिहान १० बजे प्लान्टमा अक्सिजन भर्ने क्रममा अचानक विष्फोट हुँदा भारत, पश्चिम चम्पारणका ४५ वर्षीय बृज महतोको घटनास्थलमै मृत्यु भएको थियो ।


सो विस्फोटनमा परी चार जना घाईते भएका थिए । अन्य घाइतेहरु भने उपचार गरेर फर्किसकेका छन । घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।


सो विष्फोटको छानबिन गर्न समिति गठन भएको छ । छानबिन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले समिति गठन गरेको हो । 


मन्त्रालयले सहसचिव चन्द्रकला पौडेलको नेतृत्वमा छ सदस्यीय समिति गठन गरेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD