२६ फाल्गुण २०८२, मंगलबार
Nepal Bank AD 2082 mansir

ललितपुर महानगर १६ वडाद्धारा बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन


प्रकाशित: शुक्रवार, १२ माघ २०८०, २१ः३० बजे
- रचना शाही खड्गी

काठमाडौं । ललितपुर महानगरपालिका वडा १६ ले वडा क्षेत्रमा दुुई महिने बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन सुुरु गरेको छ । 


शुक्रवार आयोजित पत्रकार सम्मेलनमा वडा अध्यक्ष निर्मलरत्न शाक्यले निःशुल्क स्वास्थ्य शिविरबारे जानकारी दिएको छ । 


उनले माघ ६ गतेबाट स्वास्थ्य शिविर सञ्चालन गरेर बृहत निःशुल्क स्वास्थ्य शिविर अभियान सुरु गरेको बताए । 


उनका अनुसार माघ महिनाको हरेक शनिवार वडाको विभिन्न क्षेत्रमा शिविर सञ्चालन हुने  उल्लेख गरे । 


माघ ६ गते मंगलबजारमा शिविर सञ्चालन भईसकेको जानकारी दिँदै माघ १३ गते न्याखाचुकः, माघ २० गते गाःबहाल, बुुबहाल र माघ २७ गते इलाननी नाग बहालमो सो शिविर सञ्चालन हुने अध्यक्ष शाक्यले बताए । 


उनले माघ महिनापछि फागुन र चैत्रको पहिलो हप्ता सम्म अर्को स्वास्थ्य शिविर पनि सञ्चालन गर्ने जानकारी दिए ।

 
शिविरमा मुख्य गरी फिजियोथेरापी अन्तर्गत हड्डी खिएको, नसा च्यापिएको, मुख बांगिएको, जोर्नी दुख्ने, प्यारालाईसिस बाथ, यरिस एसिड, हाथखुुट्टा झमझाउने लगायतको उपचार गरिने छ ।

 
त्यसैगरी, ग्यास्ट्रीक अल्सर पाईल्स, चर्मरोग, यौनरोग, स्त्री तथा प्रसुती रोग, दम, खोकी, पिनास, जण्डीस, लिभरसम्बन्धी, चीनी रोग, उच्च रक्तचाप, मानसिक रोग, पथ्थर, मृगौला रोग, कब्जियत, थाईराड, उच्च कोल्डस्ट्रोल लगायतको पनि उपचार हुने जनाएको छ । 


रचना आयुर्वेद तथा हाडजोर्नी उपचार केन्द्र, इलाननीको प्रावधिक सहयोगमा शिविर सञ्चालन भईरहेको अध्यक्ष राज बज्रचार्यले बताए । 


उनले यस केन्द्रमा आउनेहरुको सफल उपचार भएको बताउँदै शिविरमा सहभागी हुन वडा क्षेत्र लगायत सबै सर्वसाधरण अनुरोध समेत गरेका छन ।


त्यसेगरी उपचार केन्द्रका सचिव डा. चन्द्र दिपकुमार महत्तोले शिविर सञ्चलन तथा सहभागितबारे बताएका थिए ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex