२५ माघ २०८१, शुक्रबार
Nepal Bank AD

ललितपुर महानगर प्रमुख चिरिबाबु विरुद्ध अख्तियारमा उजुरी


प्रकाशित: विहिवार, २० असार २०८१, १२ः०१ बजे
- महानगरखवर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलाई सोधपुछको लागि बोलाएको छ ।

 
महानगर प्रमुख महर्जनविरुद्ध २०७७ सालमा धापाखेलमा बाढीपहिरो पीडितलाई साढे एक लाख र साढे दुई लाखका दरले कार्यपालिकाको निर्णय विपरीत रकम बाँडेको आरोपमा उजुरी परेपछि सोधपुछको लागि बोलाएको हो । 


प्रमुख महर्जन विरुद्ध उनको अघिल्लो कार्यकालमै बाढीपहिरो पीडितका नाममा नियम विपरीत रकम बाँडेको भन्दै अख्तियारमा उजुरी परेको छ ।


उजुरीमा २०७७ सालमा धापाखेलमा बाढीपहिरो पीडितलाई साढे एक लाख र साढे दुई लाखका दरले कार्यपालिकाको निर्णय विपरीत रकम बाँडेको आरोप छ ।
 

asteriskhubs
Home Page Bottom Second


Nepal Bank AD
maharjan complex