१३ बैशाख २०८१, बिहिबार
Header

ललितपुर महानगर प्रमुख चिरिबाबुको पुत्ला स्थानीयले जलाए


प्रकाशित: मंगलवार, १३ फागुन २०७६, १ः०० बजे
- महानगरखबर

काठमाडौं । ललितपुरका स्थानीयले स्कुलको जग्गा मिचेर सडक विस्तार गरेको भन्दै महानगर प्रमुख मेयर चिरीबाबु महर्जनको पुत्ला जलाएका छन ।


मंगलवार विहान स्थानीयले पुल्चोकमा रहेको मदन स्मारक माध्यमिक विद्यालयको जग्गा मिचेर सडक विस्तार गरेको विरोधमा पुत्ला दहन गरेको हो । 


स्थानीयवासीका अनुसार सर्वोच्च अदालतमा मुद्दा परेको उक्त जग्गाको टंगो नलागी नलाग्दै सडक विस्तार गरेपछि स्थानीय विरोधमा उत्रेका हुन ।


जेठ १ गते सर्वोच्चले आन्तरिम आदेश गरेपनि महानगरपालिकाले भने सर्र्वोच्चको आदेशको अवज्ञा गरेको स्थानीयको भनाई छ । 


ललितपुर महानगरपालिका वडा नम्बर ३ मा उक्त जग्गाको काम वडा नम्बर २० को उपभोक्ता समितिले गरिरहेको छ । 


विद्यालयको जग्गा मिचेर एकतर्फीमात्र विस्तार गरेको मदनस्मारक माविका पूर्वविद्यार्थी एवम् स्थानीय महेशराज बज्राचार्यले बताउँदै जग्गा नमिच्न गरेको आग्रह बेवास्ता गरेपछि बाध्य भएर मेयरको पुत्ला जलाएको बताए ।


स्थानीयका अनुसार विद्यालयको पर्खाल भत्काएर करिब ७ आना जग्गा मिचिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD