१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

ललितपुर महानगरले सिड एटिएम संचालनमा ल्यायो


प्रकाशित: सोमबार, २७ साउन २०७६, ११ः०० बजे
- महानगरखवर

ललितपुर । ललितपुर महानगरपालिको नेपालमै पहिलो पल्ट बीउ (सिड) एटिएम सञ्चालनमा ल्याएको छ । 


महानगरका अनुसार सो प्रविधिको प्रयोग गरी बीउबिजन खरीद गर्दा हरेक नागरिकले मेशिनमा रहेको प्रेस बटन दबाई, इच्छाएको बीउको किसिमलाई बालीको फोटोमा छनोट गरेर त्यसमा देखिएको मूल्य बराबर नयाँ नोट रु २०, ५० र एक सय छिराउनुपर्ने हुन्छ । 


बीउ एटिएमले शहरी क्षेत्रमा कौसी खेती प्रविधिको विकास, प्राङ्गारिक तरकारी उत्पादनमा जोड, हरेक घरबाट निस्कने फोहर मलका रुपमा प्रयोग, ताजा र स्वस्थ तरकारी तथा फलफूल उत्पादनमा वृद्धि गराउने भएको छ ।


महानगरले सो प्रविधिको परिक्षण पछि कुनै खराबी नपाए २९ वटै वडामा सेवा विस्तार गर्ने योजना अघि सारेको छ । हाल ललितपुरमा ४२ हजार ६०० किसान कृषिमा आधारित छन ।  


महानगरले यस आर्थिक वर्षभित्र त्यहाँ रहेका ६०० भन्दा बढी प्लास्टिक टनेलबाट उत्पादित अर्गानिक उपजलाई बजारमा बिक्री–वितरणका लागि ल्याउन एक प्राङ्गारिक बजार निर्माण गर्ने जानकारी गराएको छ ।


महानगरप्रमुख चिरीबाबु महर्जनले आइतबार सो एटिएमको उद्घाटन गर्दै ‘हरियाली सुन्दर महानगरको अवधारणाअनुरुप’ नेपालमा पहिलो पटक बीउ एटिएम भित्र्याइएको जानकारी दिए ।


महानगरमा दैनिक आउने ५०० देखि एक हजार नागरिकलाई गुणस्तरीय र सुलभ मूल्यका साथ मौसमी र बेमौसमी बीउबिजन उपलब्ध गराउन सो प्रविधिले सहयोग गर्ने छ । 


कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव युवकध्वज जिसीले सो प्रविधिबाट झिकिएको बीउमा कुहिने, बाला र घोगा नलाग्ने, कीरा लाग्ने तथा समयमै उम्रने समस्या नहुने विश्वास दिलाए । 


महानगरपालिकाका आर्थिक विकास शाखा संयोजक रवीन्द्र महर्जनले महानगरका जनतालाई सहकारी, सामूहिक र थोपा कृषिमा अघि बढाउने लक्ष्यअनुरुप सो प्रविधि भित्र्याइएको जानकारी दिए ।


यस प्रविधिले ३६ किसिमका तरकारी र फूलका बीउहरु आपूर्ति गर्ने बताइएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex