काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक बर्ष २०८१/०८२ का लागि बाषिृक नीति तथा कार्यक्रम सार्वजनि गरेको छ ।
बुधवार महानगरपालिकाका पाँचौं नगरसभाको बैठकमा महानगर प्रमुख चिरीबाबु महर्जनले आर्थिक वर्ष २०८१/ ८२ को वार्षिक नीति तथा कार्यक्रम पेस गरेको हो ।
महानगरले पाटन दरबार क्षेत्रमा भेहिकल फ्री जोनु बनाउन प्रयास गर्ने र साइकल र पदयात्रालाई प्रोत्साहन गर्ने नीति लिएको छ ।
आगामी आ.व.बाट ‘आयोजना बैंक’ बाट आयोजनाहरु छनौट गरी बार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गर्ने परिपाटीको विकास गर्ने, ललितपुरका सामुदायिक विद्यालयहरु मध्ये कम्तिमा एक विद्यालयलार्य ‘स्मार्ट विद्यालय’ को रुपमा विकास गर्ने तयारी गरिएको छ ।
युवाहरुलाई स्वदेशमै बस्ने वतावारणको लागि सिक्दै सिकाउँदै तथा पार्ट टाइम जव सम्बन्धी कार्यक्रम सञ्चालन ल्याउन छुट्टै कार्यविधि जारी गरी कार्यान्वयन गर्ने भएको छ ।
त्यसैगरी रोजगारीका लागि व्यवसायिक शिक्षा तथा तालिमलाई प्रवद्र्धन गरी ‘व्यवसायका बारेमा बुझौं’ कार्यक्रम संचालन गर्ने महानगरको नीति तथा कार्यक्रममा उल्लेख छ ।
वि।सं. १९९० सालको भूकम्पपछि पुनर्निर्माण नभएका मन्दिरहरू समेत निर्माण गर्न पहल गर्ने उल्लेख गरेको छ । खोकनामा रहेको नेपालमा सबभन्दा पहिलो बिजुली बलेको घरको संरक्षण तथा व्यवस्थापन गरी पर्यटन प्रवद्र्धनमा आबद्ध गराउने नीति लिएको छ ।
नीति तथा कार्यक्रमको पूर्ण पाठः
Categorized in स्थानिय