काठमाडौं । ललितपुर महानगरपालिकाले सडकको फुटपाथसँगै रोपिएको विरुवा उखेल्नेलाई कारवाही गर्ने चेतावनी दिएको छ ।
महानगरले सोमवार एक सुचना जारी गरी केही दिन यता महानगरको फुटपाथसँगै रहेको विरुवा उखालेको, काटिएको जनाकारी प्राप्त भएको उल्लेख गदैृ भनेको छ,‘महानगरपालिकालाई हरियालीसहितको सहर बनाउने अभियान विरुद्ध सडक किनारमा रोपिएका (फुटपाथसँगै) विरुवा उखालिएको, काटिएको प्रमाणसहितको जानकारी प्राप्त भएको छ । फेरि पनि यस्तो गलत कार्य कहिकतै र कसैबाट भएको सुचना प्राप्त भए ललितपुर महानगरपालिकाले त्यस्ता व्यक्ति र संस्थालाई कानुन बमोजिम कडा कारवाही गर्ने व्यवहोरा जानकारी गराईन्छ ।’
ललितपुर महानगरले नगरलाई हरियाली सहितको ‘स्मार्ट सिटी’ बनाउन सहरको विभिन्न स्थानमा बृक्षारोपण गरेको छ । महानगरपालिका असल र जिम्मेवार नागरिको भूमिका निर्वाह गर्न सबैलाई अनुरोध समेत गरेको छ ।
Categorized in स्थानिय