१६ बैशाख २०८१, आइतबार
Header

ललितपुर महानगरले ल्यायो कर छुट सुविधा, के मा कति ?


प्रकाशित: आइतवार, १४ साउन २०८०, १४ः५० बजे
- महानगरखबर

काठमाडौं । ललितपुर महानगरपालिकाले आर्थिक बर्ष २०८०/०८१ को लागि कर छुट सुविधा प्रदान गर्ने भएको छ ।


महानगरले चालु आ.व.को पुुस मसान्तसम्ममा सम्पति कर, भूमि कर, व्यवसाय र विज्ञापन कर तिरे १० प्रतिशत कर छुट उपलब्ध गराउने भएको छ । 


व्यवसाय कर नविकरणको हकमा २५ प्रतिशत, वडाबाट सिफारिस लिँदा कर तिरेको प्रमाण पेश गरेमा १५ प्रतिशत सिफारिस दस्तुरमा र एकल महिला, दलित तथा अपांगता भएको व्यक्ति र समूहद्धारा सञ्चालित व्यवसाय दर्तामा ५० प्रतिशत छुट प्रदान गर्ने महानगरपालिकाले जनाएको छ । 


त्यसैगरी जरिवानाको हकमा के हुने भन्ने बारेमा पनि महानगरले सुचित गरेको छ । 


आ.व. २०७८/७९ को सम्पति कर, भूमिकर, घरजग्गा बहालकर, व्यवसाय कर र विज्ञापन करको सम्पूर्ण बाँकी बक्यौदा रकममा १५ प्रतिशत जरिवाना चालु आ.व. २०८०/०८१ श्रावण १ गते देखिनै लाग्ने जनाएको छ । 


आ.व. २०७९/०८० को हकमा भने चा.लु आ.व.को असोज मसान्तसम्म बाँकी बक्यौदा तिर जरिवाना नलाग्ने तर असोज मसान्त सकिएसँगै १५ प्रशितत जारिवाना लाग्नेछ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD