१५ चैत्र २०८०, बिहिबार
Header

ललितपुर महानगरले भोलीबाट राहत बाड्दै


प्रकाशित: बुधवार, २६ चैत्र २०७६, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । ललितपुर महानगरपालिकाले भोली (विहिवार) देखि राहत बाड्ने तयारी गरेको छ । 


महानगरपालिकाले लकडाउनमा काम गर्न नपाएका दैनिक ज्यालादारी, मजदुरी गर्ने, विपन्न, असहाय परिवारलाई राहत बाड्ने जनाएको छ । 


राहत वितरणमा दुईजना सम्मको परिवारलाई पाँच किलो चामल, एक किलो दाल, १ प्याकेट नून, साबुन दुईवटा, चिउरा १ किलो र तेल आधा लिटर वितरण गर्ने महानगरपालिकाको निर्णय छ । 


त्यसैगरी तीन र तीनभन्दा माथिका परिवार संख्या भएकालाई १० किलो चामल, २ किलो दाल , १ प्याकेट नुन, ३ वटा साबु, डेढ किलो चिउरा र आधा लिटर तेल वितरण गर्न निर्णय भएको महानगरपालिकाद्धारा जारी सूचनामा उल्लेख छ ।


यस अघि महानगरले एक साता अघि पाँच करोड रुपैयाँको कोरोना भाइरस रोकथाम तथा राहत कोष स्थापना गरेको छ । 


महानगरपालिकाले आकस्मिक कोरोना भाइरस (कोभिड —१९) नियन्त्रण र रोकथाम गर्नका लागि विभिन्न कार्यक्रम संचालन गर्न ललितपुर महानगरपालिका आकस्मिक कोरोना भाइरस नियन्त्रण तथा राहत कोष शीर्षकमा नेपाल बैंक लिमिटेडमा खाता खोलेको छ । 


खाता नं ०१८००१०६८३३३०७०००००१ रकम जम्मा गरि सहयोग गर्न चाहनेले महानगरपालिकामा सम्पर्क राख्न समेत अनुरोध गरिएको उल्लेख छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD