४ भाद्र २०८३, बिहिबार
Header

ललितपुर महानगरले भवन निर्माणमा नयाँ मापदण्ड लागु गरयो


प्रकाशित: मंगलवार, १७ साउन २०७९, १६ः३० बजे
- महानगरखवर

काठमाडौं । ललितपुर महानगरपालिकाले साउन १५ गतेदेखि भवन निर्माणमा नयाँ मापदण्ड लागू गरेको छ । 


नयाँ मापदण्ड अनुसार सँधियारसँगै टाँसिएको घर बनाउँदा भेन्टिलेसन नराखी बनाउने गरी मामदण्ड ल्याएको हो । 


अब १७ मिटर उचाइ अर्थात ५ तल्ला सम्म आवासीय तथा व्यापारिक भवनहरुमा संधियारतर्फ भेन्टिलेसन नराख्ने भएमा टाँसिएको भवन निर्माण गर्न दिने उल्लेख छ ।


महानगरले २०७२ सालको भूकम्पपछि टाँसिएर घर बनाउन दिएको थिएन । यस्तै दुई तल्लासम्मको भूमिगत तल्ला निर्माण गर्नका लागि चारैतर्फ कम्तीमा २ मिटर र माटोको अवस्था हेरी जियोटेक्निकल इन्जिनियरले वरिपरिको सुरक्षाका लागि डिजाइन गर्ने प्रोटेक्सन सिस्टमलाई आवश्यक दुरी छोडेर मात्रै निर्माण स्वीकृत दिइने महानगरले बताएको छ ।


त्यसैगरी महानगरमा ‘एफएआर’ (फार) मा छुट दिइँदै आइरहेको सबै तल्लाको भवनमा ‘एफएआर’मा गणना हुने भएको छ । तर माथिल्लो तल्लामा भर्‍याङ मात्र भएमा ‘एफएआर’ गणना हुने छैन ।


महानगरपालिकाका सहरी विकास तथा पूर्वाधार महाशाखाका इन्जिनियर बलराम महर्जनका अनुसार १५ साउनदेखि मापदण्डविना नक्सा पास नहुने भएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex