१४ बैशाख २०८१, शुक्रबार
Header

ललितपुर महानगरले नेपाल संवत्तको नियमित प्रयोग गर्ने


प्रकाशित: सोमबार, २५ कातिक २०७६, २०ः०० बजे
- महानगरखबर


काठमाडौं । ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले अबका दिनमा नेपाल सम्बतको प्रयोग पनि नियमित रुपमा गर्दै जाने बताएका छन । 


प्रमख महर्जनले ललितपुर नगरको सम्पदा, संस्कृतिको संरक्षण, सम्वद्र्धनमा महानगर लागी परेको जोड दिँदै नेपाल संवत्को व्यवहारिक प्रयोग गरिने प्रतिवद्धता व्यक्त गरेका छन । 


शनिवार ताम्रकार समाजद्वारा आयोजित नववर्ष नेपाल सम्बत ११४० को उपलक्ष्यमा शुभकामना आदान प्रदान एवं चियापान समारोहमा महानगर प्रमुख महर्जनले सो कुरा बताएका थिए । 


नेपालको मौलिक सम्बत राष्ट्रिय सम्बतका प्रवर्तक राष्ट्रिय विभुति शंखघर साख्वा सामाजिक न्यायको प्रतिक रहेको कार्यक्रममा विभन्नि वक्ताहरुले बताएका थिए । 


उक्त समारोहमा प्रतिनिधी सभा सदस्य पम्फा भुषालले आज भन्दा ११३९ वर्ष अगाडी शंखघर साख्वाले गरीव नेपाली जनताको ऋण चुक्ता गरीदिएर सामाजिक न्यायमा ठूलो कार्य गर्नुभएको बताईन । 


सासंद भूषालले शंखघर लगायतका अग्रजहरुको सपना साकार पार्न, ललितपुरको कला, सम्पदा संस्कृतिको संरक्षण सम्वद्र्धन गर्न यस नगरलाई सांस्कृतिक राजधानीको रुपमा अगाडी बढाउन अवधारणा पेश गरेकी थिईन । 


यो अवसरमा मन्तव्य राख्नु हुंदै समाजका अध्यक्ष रविन्द्रराज ताम्रकारले राज्यले नेपाल सम्बतलाई राष्ट्रिय सम्बत, शंखघर साख्वालाई राष्ट्रिय विभुति घोषणा गरी सकिएको अवस्थामा त्यसको व्यापक प्रचार प्रसार एवं प्रयोगका लागी सरोकारवालाहरु अगाडी बढनु पर्नेमा जोड दिए । 


सो अवसरमा प्रदेशसभा सदस्य शोभा शाक्य, न्हूदँ समारोह राष्ट्रिय समितिका अध्यक्ष रमेश महर्जन, नेपाल भाषा मंकाः खलः, यलका अध्यक्ष ऋषि प्रसाद श्रेष्ठ, नेपाल राष्ट्रिय खड्गी समाज, ललितपुरका अध्यक्ष अरोज खड्गी, समाजका महासचिव शम्भु गोविन्द ताम्रकार, कोषाध्यक्ष दिपेश ताम्रकार लगायतले मन्तव्य राखेका थिए । 


उक्त कार्यक्रममा प्रतिनिधी सभा सदस्य कृष्णलाल महर्जन, प्रदेश सभा सदस्य राजकाजी महर्जन, ज्ञानेन्द्र शाक्य, महानगरका उप मेयर गीता सत्याल, प्रहरी उपरिक्षक दुर्गा सिंह, उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जन लगायत विभिन्न जातीय समाज, संघ संस्थाका अध्यक्ष एवं पदाधिकारीहरु गरी दुइ सय भन्दा बढीको उपस्थिति रहेको थियो ।

 



 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD