५ भाद्र २०८३, शुक्रबार
Header

ललितपुर महानगरले कोरोना संक्रमित मृतकको परिवारलाई  १ लाख २० हजार राहात दिने


प्रकाशित: विहिवार, २८ साउन २०७८, १८ः२० बजे
- महानगरखवर

काठमाडौं । ललितपुर महानगरपालिकाले कोरोना संक्रमित मृतकको परिवारलाई  १ लाख २० हजार राहात दिने स्पष्ट पारेको छ । 


कोरोना संक्रमण भई अस्पताल, आइसोलेसन सेन्टर वा अन्य ठाउँमा मृत्यु भएका वा संक्रमणमुक्त भएका तर डिस्चार्ज नहुँदै उपचारका क्रममा मृत्यु भएका व्यक्तिको परिवारलाई राहत स्वरुप १ लाख २० हजार रुपैयाँ उपलब्ध गराउने जनाएको छ । 


महानगरले विहिवार एक विज्ञप्ती जारी गरी कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिका परिवारलाई प्रदान गरिने उपचार तथा राहत सहयोगबारे थप स्पष्ट पारेको हो ।


त्यसैगरी कोरोना संक्रमण भई अस्पताल वा स्वास्थ्य संस्थाको आईसीयू वा भेन्टिलेटरमा उपचार गराएका नगरवासीलाई उपचार खर्च तथा राहत वापत ६० हजार रुपैयाँ उपलब्ध गराउने  छ । 


यस्तै संक्रमण पुष्टि भएर अस्पताल वा स्वास्थ्य संस्थामा भर्ना भएर सामान्य उपचार गराई संक्रमण मुक्त भएका व्यक्तिलाई पनि अस्पतालको बिलको आधारमा बढीमा ३० हजार रुपैयाँ राहत पाउने पनि निर्देशिकामा उल्लेख छ ।


उपचार तथा राहत सहयोग प्राप्त गर्नका लागि संक्रमित व्यक्ति अस्पताल वा स्वास्थ्य संस्थामा भर्ना भई उपचार गरेको हुनुपर्ने छ । २०७७ साउन १ गते पश्चात कोरोना संक्रमित भएका महानगरपालिकाका स्थायी नागरिकले मात्रै यो सहयोग प्राप्त गर्नेछन ।


ललितपुर महानगरपालिकाले ‘कोरोना संक्रमित बिरामीहरुलाई प्रदान गरिने उपचार तथा राहत सहयोगसम्बन्धी निर्देशिका–२०७८’ का केही प्रावधानहरुमा द्विविधा उत्पन्न भएको भन्दै थप स्पष्ट पारेको छ ।


उपचार तथा राहत सहयोग प्राप्त गर्नका लागि २०७८ असार ६ गतेभन्दा अगाडि संक्रमित भएका व्यक्तिको हकमा ६० दिनभित्र पेश गर्नुपर्ने छ ।

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex