१२ बैशाख २०८१, बुधबार
Header

ललितपुर महानगरले अग्नि पीडित ताम्रकार परिवारलाई १० लाख सहयोग गर्ने


प्रकाशित: बुधवार, २२ मंसिर २०७८, १७ः३० बजे 
- महानगरखबर

काठमाडौं । ललितपुर महानगरपालिकाले अग्नि पीडित ताम्रकार परिवारलाई १० लाख सहयोग गर्ने भएको छ । 


महानगरले बुधवार एक प्रेस विज्ञप्ती जारी गरी ताम्रकार परिवालाई सहयोग गर्ने घोषणा गरेको हो । गत कातिक १९ गते म्हःपूजाको दिन ललितपुर महानगरपालिका वडा नं. १२ नःबहाल चक्रवहिलस्थित लक्ष्मीकृष्ण ताम्रकारको घरमा ग्यास विस्फोट भई भएको आगलागी हुँदा ४ जनाको निधन भएको थियो । 


‘मानविय क्षतिको अगाडी आर्थिक सहयोग नगण्य हुने र मानवीय क्षतिलाई आर्थिक सहयोगले पूर्ति नगर्ने भएतापनि आफ्ना नागरिकको पीडाको साझेदार बन्न महानगरीय विपद् व्यवस्थापन समितिले उक्त परिवारलाई दश लाख सहयोग गर्ने निर्णय गरेको छ । यसैगरी, बैठकले आगलागीमा परेर घाईते भएका खर्च समेत महानगरले नै ब्होर्ने निर्णय गरेको छ ।’ जारी प्रेस विज्ञप्तीमा उल्लेख छ । 


त्यसैगरी बैठकले उक्त घरको पुननिर्माणको लागि नक्सा पास गर्न लाग्ने राजस्व छुट समेत दिने निर्णय गरेको छ । 


यस अघि १२ वडाले घट्ना लगत्तै एक लाख सहयोग गरेको थियो ताम्रकार समाजले पनि पीडितलाई सहयोगको लागि एक लाखको अक्षय कोष खडा गरेको छ । उक्त घट्नामा परि ६७ बर्षिय लक्ष्मीकृष्ण ताम्रकार, उनकी छोरी ३५ बर्षिया अन्जना, ३५ बर्षकी बुहारी रचना र १० बर्षका नाति निर्मलको निधन भएको थियो । 


सो दुर्घट्नामा परि घाईते भएका ४२ बर्षीय छोरा निरज ताम्रकार पाटन अस्पतालमा उपचार पछि घर फर्केका छन भने आगलागीबाट बाच्न भाग्न खोज्दा घाईते भएकी ३२ बर्षिया लक्ष्मीकृष्णका कान्छी छोरी सिर्जनाको भने हालसम्म उपचारकै क्रममा रहेका छन ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD