१२ बैशाख २०८१, बुधबार
Header

ललितपुर महानगरलाई विध म्यानेजमेन्टले २०० थान अक्सिजनसहित सिलिण्डर दियो


प्रकाशित: शनिवार, १५ जेठ २०७८, १७ः३० बजे
- महानगरखवर

काठमाडौं । कोभिड महामारीमा सघाउन विध म्यानेजमेन्टले ललितपुर महानगरपालिकालाई २०० थान अक्सिजनसहित सिलिण्डर प्रदान गरेको छ ।


म्यानेजमेन्टका सञ्चालक भीमकान्त भण्डारीले नगरप्रमुख चिरिबाबु महर्जनलाई हस्तान्तरण गरेको हो । १० लिटर क्षमताको २०० थान अक्सिजनसहितको सिलिण्डर आवश्यकताअनुसार ललितपुर महानगर, ललितपुरका अन्य स्थानीय तह तथा काठमाडौँ उपत्यकाका अन्य स्थानीय तह तथा स्वास्थ्य संस्थामा उपलब्ध गराउन सक्ने समझदारी भएको भण्डारीले बताए । 


कोभिड–१९ संक्रमण पूर्ण नियन्त्रण भएपश्चात महानगरपालिकालाई आवश्यक परेको खण्डमा पुनः परिचालन गर्न सक्ने गरी ल्याबले फिर्ता लैजाने समझदारी भएको महानगरपालिकाले जनाएको छ ।


समझदारीपत्रमा ललितपुर महानगरपालिका तर्फबाट प्रमुख महर्जन र बिध ल्याबको तर्फबाट अध्यक्ष भण्डारीले हस्ताक्षर गरेका छन ।  
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD