काठमाडौं । ललितपुर महानगरपलिकाले ‘सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी’ कार्यक्रम सञ्चलान सुरु गर्ने भएको छ ।
विहिवार एक कार्यक्रमविच ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले कार्यक्रमको उद्घाटन गरेका हुन ।
प्रमुख महर्जनले अब महानगरवासीको घर घरमा गएर नगर प्रहरीले विभिन्न जनगुनासो र सुुझावहरु लिने बताएका छन । नगर प्रहरीले ल्याएको गुनासोहरुलाई महानगरले सम्बोधन गर्ने उनले बताए ।
उनले भने,‘ हामी जनप्रतिनिधिहरु चुनावको निमित्त घरमै आएर भोट माग्न आउँछन, त्यसपछि हराउँछन भन्ने आरोप छ, त्यो आरोप पनि न्यूनिकरण हुन्छ, नगरवासीले हामीलाई आफ्नो सुखदुःखको कुरा नभन्न पाउँदा घरदैलोमा आउने नगर प्रहरीसँग समन्वय गरेर ती कुराहरु उहाँले व्यक्त गन पाउँछन ।’
उनले सो घरदैलो कार्यक्रममा आफ्ना सकारात्मक तथा नकारात्मक जे कुरा भएपनि कुनै बुुट्टा नभरीकन ठयाक्कै सो कुरा आफूले सुुन्न पाउँ र यदि गल्ती गरेको छु भन्ने सच्चिने मौका पाउने पनि उनले नगर प्रहरीसँग आग्रह समेत गरे ।
प्रमुख महर्जनले नगर प्रहरी प्रमुख सिताराम महर्जनलाई यस कुराको हरेक हप्ता व्रिफिंग गर्नु पर्ने निर्देशन दिएको पनि बताए ।
कार्यक्रममा ललितपुर जिल्ला प्रहरी परिसर, ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक शखेर खनालले महानगरपालिकाको यस कार्यको प्रशंसा गरेका छन ।
उनले नगर प्रहरी जस्तै नेपाल प्रहरीहरुलाई पनि घर घरमै गएर जनगुनासो लगायतका समस्याहरु बुझ्न सके अपराध न्यूनिकरणमा पनि सहज हुने उल्लेख गरेका थिए ।
Categorized in राष्ट्रिय