१३ बैशाख २०८१, बिहिबार
Header

ललितपुर महानगरमा मेट्रिक प्रणालीअनुसार घर नम्बर 


प्रकाशित: बुधवार, २२ माघ २०७६, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । ललितपुर महानगरपालिकामा मेट्रिक ठेगाना प्रणालीअनुसार घर नम्बर राख्ने कामको सुरुवात भएको छ ।


हानरपालिका प्रमुख चिरिबाबु महर्जनले मङ्गलबार तीनवटा नम्बरप्लेट ‘१८७३ सत्यमोहन जोशी मार्ग’ महानगरपालिकाको कार्यालयमा, ‘२९१ पुल्चोक झम्सीखेल मार्ग’ वडा नं ३ को कार्यालयमा र ‘३५ भनीमण्डल मार्ग’ लिखित प्लेट टाँसेर यसको शुभारम्भ गरे । 
ललितपुर महानगरपालिका–३ बाट मेट्रिक ठेगाना प्रणालीअनुसार घर नम्बर राख्ने काम अघि बढेको हो । 


ग्वार्कोबाट महानगरपालिकाको पछाडि उत्तरी गेटसम्म मापन गरिएको १८७३ नम्बरप्लेटको दूरी हो । यसैगरी २९१ नम्बरप्लेट झम्सीखेल चोकबाट वडा नं ३ को वडा कार्यालयसम्म र ३५ नम्बरप्लेट भनीमण्डल चोकदेखि सेन्टमेरिज विद्यालयको गेटसम्मको दूरी रहेको महर्जनले जानकारी दिए ।


वडामा ५ हजार घरधुरी रहेकोले हाललाई परियोजनाका रूपमा हामीले पहिला यहाँका एक हजार घरमा नम्बरप्लेट राख्ने तयारी गरेको प्रमुख महर्जनले बताए । 


घर नम्बर प्रणालीको विकासले घर पत्ता लगाउने समस्याको अन्त्य भई स्मार्टसिटीको परिकल्पना सकारात्मक बनाउन सहयोग गर्ने महर्जनको बुझाइ छ ।


महानगरपालिकाका वरिष्ठ इञ्जिनीयर तथा नक्सा शाखा प्रमुख श्रीकुमार महर्जनले महानगरपालिकाले उक्त कामलाई दुई चरणमा अघि बढाउने बताए ।


उनले भने, “हामीले जियो–नेष्ट–इन्डेको जेभी नामक तीन संस्थासँग सहकार्य गरेर पहिलो चरणमा घरको सङ्ख्या गणना गर्ने, तथ्याङ्क सङ्कलन गर्ने, हरेक वडा, टोल, सडक र गल्लीमा नाम दिएका छौं ।”


नगरपालिकामा रहेका अन्य ८७ घरलाई दोस्रो चरणको योजना बनाएर नम्बरप्लेट राखिने महर्जनले जानकारी दिए । महानगरपालिकाका परामशर्दाता ईश्वरमान जोशीले महानगरपालिकामा रहेको हिलो र धुलोका कारण घर गन्ती गर्न निकै समस्या परेको बताए ।
महानगरपालिकाभित्र कूल ८८ हजार घर छन् । यी घरमध्ये ५८ हजार ४ सय २३ आवासीय घर र बाँकी अन्य करीब ३० हजार घर व्यापारिक कम्प्लेक्स छन । 


नम्बर प्लेट राख्न इच्छुक व्यक्तिले घरजग्गाको कर तिरिसकेको हुनुपर्ने र नम्बर प्लेट जडान गरेवापत एउटा घरले एक हजार रुपैयाँ तिर्नुपर्ने जनाइएको छ ।


कार्यक्रममा महानगरपालिकाभित्र वार्षिक दुई हजार घर थपिँदै गएको, पहिलो चरणको परियोजनामा  चार करोड २१ लाख ३० हजार खर्च भइसकेको र दोस्रो चरणको काम अघि बढाउन बोलपत्र आह्वान गरिने र यसमा नौदेखि १० करोड रुपैयाँ खर्च लाग्ने जानकारी दिइएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD