काठमाडौं । ललितपुर महानगरपालिकामा आवश्यकता अनुसार नगर प्रहरी नहुँदा कार्यसम्पदनमा असर परेको छ ।
नगर प्रहरी प्रमुख कदमलाल महर्जनले नगर प्रहरीलाई धेरै जिम्मेवारी दिएको तर संख्या कम भएकोले महानगरको काममा समस्या परेको बताएका छन ।
महानगरपालिकामा अहिले २० जना नगर प्रहरी कार्यरत मात्र कार्यरत छन जुन निकै कम भएको प्रमुख महर्जनको भनाई छ ।
यस अघि पहिलो नगर परिषद्ले नगर प्रहरीको दरबन्दी बढाएर ५० कायम गरेको थियो तर सो निर्णय भएपनि कार्यान्वयन नहुँदा समस्या भएको उनले बताए ।
नगर प्रहरीको काम महानगरपालिका भवनको सुरक्षासँगै महानगरभित्रका सार्वजनिक सम्पत्तिको सुरक्षाको जिम्मेवारी हो ।
त्यसैगरी नगर परिषद्को निर्णय कार्यान्वयन, बजार अनुगमन, फुटपाथ व्यवस्थापनलगायतको जिम्मेवारी नगर प्रहरीको भएको नगर प्रहरी प्रमुख महर्जनले बताए ।
Categorized in समाज