काठाडौं । ललितपुर महानगरपालिकाले आईतवारदेखि फुटपाथमा पसल राख्न दिएको छ ।
महानगरलेस्थानीयले उत्पादन गरेका फूल, रङ, कपडा, जुत्ता चप्पललगायत तिहार लक्षित सामग्री राखेर पुटपाथमा तिहारभरि पसल राख्न दिएको हो ।
महानगर प्रमुख चिरिबाबु महर्जनका अनुसार तिहारको समयमा व्यवस्थित गरेर लगनखेल, मंगलबजार क्षेत्रमा पसल राख्न दिने निर्णय भएको हो ।
तिहारभरि सर्वसाधारणले फुटपाथबाट सहज र सुलभ मूल्यमा अत्यावश्यक सामग्री किनमेल गर्न सकून् भनेर हामीले फुटपाथ खुलाएको महानगर नगर प्रहरी प्रमुख सीताराम हाथेछुले बताएका छन ।
यस अघि सडकमा हिड्ने पैदल यात्रुहरुलाई असर गरेको भन्दै यसअघि सडक किनारमा राखिएका फुटपाथ पसल हटाएको थियो ।
पसल बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म व्यवस्थित रूपमा पसल राख्न पाईने भएको छ ।
Categorized in बजार