५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

ललितपुर महानगरमा ईंःको माग विरुद्ध स्थानीयको प्रदर्शन (तस्वीरहरु)


प्रकाशित: मंगलवार, २६ मंसिर २०८०, १९ः५० बजे
- महानगरखवर

काठमाडौं । ललितपुरमा फुटपाथ व्यपार गर्न पाउनु पर्ने अभियान्ता ईंःको माग विरुद्ध स्थानीइले विरोध प्रदर्शन गरेका छन । 


मंगलवार दिउँसो साढे ३ बजेतिर अभियान्ता ईंः सहित केही अभियान्ता महानगर अगाडी आएर प्लेकार्डसहित प्रर्दशन गरेपछि स्थानीयहरु विरोधमा उत्रेका थिए । 


स्थानीयले ‘सम्पदा मास्न पाइँदैन, फुटपाथमा व्यापार चाहिँदैन’ भन्दै नाराबाजी गरेर विरोधमा उत्रेका थिए ।

 


विरोध प्रदर्शनको क्रममा केही समय महानगर परिसर तनावग्रस्त समेत देखिएको थियो । 


स्थानीयहरु व्यानरसहित ललितपुर महानगरमा फुटापथ व्यापार निषेध गरिएको व्यानरसहित महानगर परिसरमा प्रदर्शनमा उत्रेका थिए ।


उनीहरुले फुटपाथ पैदलयात्रुको पहिलो अधिकार हो, ‘फुटपाथ निजी समान राख्न र पसल थाप्नको लागि बनाएको ठाउँ होइन मान्छे हिड्नका लागि बनाएको सार्वजनिक बाटो हो’ उल्लेख गरेका व्यानरसहित प्रदर्शन गरेका थिए । 

 


ईंः ले ललितपुरको लगनखेलदेखि मंगलबजारसम्मको सडकमा फुटपाथ व्यापार गर्न नदिएपछि त्यहाँ व्यापार गरेर जीविका चलाएका साना व्यवसायीको रोजीरोटीमै समस्या परेको भन्दै मंगलबार १०८ मिनेट उभिएर विरोध प्रदर्शन गर्ने घोषणा गरेका थिए ।

 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex