१२ बैशाख २०८१, बुधबार
Header

ललितपुर महानगरभित्रका ५० बर्ष उमेर पुगेका शिक्षकले अवकास लिए आर्थिक प्याकेजको सुविधा


प्रकाशित: विहिवार, १९ चैत्र २०७७, १८ः४० बजे
- महानगरखवर

काठमाडौं । ललितपुर महानगरपालिकाभित्रका सामुदायिक विद्यालयको शिक्षकले अवकासले आर्थिक सुविधा दिने भएको छ । 


५० बर्ष उमेर पुगेका शिक्षकहरुले स्वैच्छिक अवकास लिए बाँकी सेवा अवधिका आधारमा आर्थिक सुविधा दिईने शिक्षा महाशाखा प्रमुख महेन्द्र बहादुर क्षेत्रीले बताएका छन । 


महानगरको नगर शिक्षा समितिले गरेको निर्णय अनुसार २०७८ श्रावण देखि एक बर्ष बाँकी अवधि रहेका शिक्षकहरुको हकमा एक लाख, २ बर्ष बाँकी रहेको हकमा १ लाख ५० हजार, ३ बर्ष बाकी रहेको हकमा २ लाख, चार बर्षको हकमा २ लाख ५० हजार र पाँच बर्ष सेवा अवधि रहेकालाई ३ लाख आर्थिक सुविधा उपलब्ध गराउने भएको छ । 


महानगरपालिकाले विहिवार एक सुचना जारी ३० दिनभित्र उक्त सुविधा लिन चाहने शिक्षकहरुले स्थायी नियुक्तको प्रमाणपत्र, नागरिकताको प्रतिलिपी, सम्बन्धीत शिक्षको निवेदन महाशाखाको कार्यलयमा बुझाउनु पर्ने छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD