काठमाडौं । ललितपुर महानगरपालिकाले स्थानीयवासी र स्थानीय सङ्घ संस्थासँगको सहकार्यमा सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ ।
महानगरपालिकाका प्रवक्ता राजु महर्जनले महानगरभित्र अति आवश्यक स्थानमा शौचालय नभएपछि स्थानीयवासीलाई सहभागी गराएर वडापिच्छे शौचालय निर्माण गर्न लागिएको बताए ।
महानगरमा शौचालय अपर्याप्त रहेको र भएका पनि फोहर रहेको प्रवक्ता महर्जनको भनाई छ ।
प्रवक्ता महर्जनले बसपार्क, विभिन्नचोकलगायत भीडभाड हुने ठाउँमा शौचालय बनाउने योजना रहेको बताइएको छ । प्रत्येक वडामा कम्तीमा एउटा शौचालय निर्माण हुने गरी सम्झौता गरिनेछ । स्थानीयवासीको संलग्नतामा निर्माण हुँदा त्यसको संरक्षण हुने महानगरको विश्वास छ ।
Categorized in समाज