१४ बैशाख २०८१, शुक्रबार
Header

ललितपुर महानगरपालिकाले बिजुली बस सञ्चालन गर्ने


प्रकाशित: सोमवार, ३० चैत्र २०७७, २०ः३० बजे
- महानगरखवर

काठमाडौं । ललितपुर महानगरपालिकाले बिजुली बस सञ्चालन गर्ने भएको छ । 


महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा ६ वटा बिजुली बस सञ्चालनमा ल्याउने भएको हो । महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले आगामी चार महिनामा बस चलाउने गरी तयारी सुरू गरेको बताएको छ । 


प्रमुख महर्जनका अनुसार पुल्चोकबाट मंगलबजार, लगनखेल, जाउलाखेल हुँदै पुनः पुल्चोकसम्म एउटा रुट, पुल्चोकबाट मंगलबजार, पाटन, सुन्धारा, महाबौद्ध हुँदै पुनः पुल्चोकससम्मा र तेस्रो जावलाखेल, लगनखेल, एकान्तकुना, धोबीघाट, कुपन्डोल, सानेपा सम्मको रुटमा बस सञ्चालन हुनेछ । 


पर्यटक, शारीरिक अशक्तता भएका व्यक्ति, वृद्धवृद्धा तथा बालबालिकालाई यी बसमा निःशुल्क सेवा दिने महानगरपालिकाले जनाएको छ । 


महानगरले बस किन्न साझा यातायातलाई साढे दुई करोड रूपैयाँ दिइसकेको महानगरले प्रमुख महर्जनले बताए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD