४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

ललितपुर महानगरपालिकाले बालवालिकाको लागि ठोस कार्यक्रम ल्याउने


प्रकाशित: शुक्रबार, २९ भाद्र २०७५
- रवि महर्जन

काठमाडौं । ललितपुर महानगरपालिकाद्धारा राष्ट्रिय बाल दिवश – २०७५ अवसरमा आयोजित निवन्ध प्रतियोगितमा तथा सांस्कृति कार्यक्रम विहिबार सम्पन्न गरेको छ । 


महानगर अन्तर्गत विद्यालय स्तरिय ‘स्वच्छ, सफा र हराभरा महानगरपालिका निर्माणमा विद्यार्थीको भूमिका विषयक’ निवन्ध प्रतियोगितासँगै सांस्कृति कार्यक्रम महानगरको प्राङगनमा आयोजना गरिएको थियो । 


महानगरपालिका मेयर चिरिबाबु महर्जनको प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रममा निवन्ध प्रतियोगितमा सहभागी तथा विजेता विद्यार्थीहरुलाई नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । 

 

 

त्यसैगरी, कार्यक्रममा मेयर महर्जनले शैक्षिक बर्ष २०७४ को माध्यमिक परिक्षा (कक्षा १०)को नतिजा मुल्यांकनमा सामुदायिक विद्यालय तर्फ राष्ट्रिय स्तरीय द्वितिय तथा प्रदेश स्तरीय प्रथम भएका श्री त्रि–पदम विद्याश्रम माध्यमिक विद्यालय र संस्थागत तर्फ राष्ट्रिय स्तरिय द्वितिय र प्रदेश स्तरिय प्रथम भएका जेम्स माध्यमिक विद्यालयलाई नगद पुरस्कार ५० हजार तथा प्रमाणपत्र वितरण गरे । 


निबन्ध प्रतियोगितमा सहभागी विद्यार्थीहरुको प्रस्तुतीबाट आफु एकदमै प्रभावित भएको मेयर महर्जनले बताउँदै महानगरपालिकाले विद्यार्थीहरु तथा बालवालिकाको लागि ठोस कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गरेका थिए । 


कार्र्यक्रममा अथिति रहेका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले आज बालवालिका तथा विद्यार्थीहरु नै भविष्यको कर्णाधार भएकोले उनीहरुलाई हामी सबैले असल व्यवहार गरेर उनीहरुको प्रतिभा विकास गर्ने खालका कार्यक्रम ल्याउन अवश्यक रहेको बताए । 

 

 

ललितपुर महानगरपालिका समाजिक विकास समितिका संयोजक दिनेश कार्कीको सभापतित्वमा आयोजित यस कार्यक्रममा महानगपालिका प्रशासकिय अधिकृत प्रेम प्रसाद भट्टराई, सल्लाकार केदारलाल श्रेष्ठ, विभिन्न वडाका अध्यक्ष तथा सदस्यहरु, जिल्लाका शैक्षिक संस्थाका प्रतिनिधिहरु, शिक्षकहरुको विशेष उपस्थिती रहेको थियो । 

 

कार्यक्रममा विद्यार्थीहरुद्धारा राष्ट्रियता तथा संस्कृति झल्कने खालका नृत्यहरु प्रदर्शन गरेर मनोरञ्जन दिएका थिए । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex