४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

ललितपुर महानगरपालिकाले निजी विद्यालय खोल्न नदिने


प्रकाशित: सोमबार, ४ चैत्र २०७५, १८ः२० बजे
- महानगरखबर

काठमाडौं । ललितपुर महानगरपालिकाले यो बर्ष पनि निजी विद्यालय खोल्न नदिने भएको छ । 


नगरभित्रको विद्यालयलाई व्यवस्थित गर्ने भन्दै महानगरपालिकाले नयाँ निजी विद्यालयलाई सञ्चालनको अनुमति नदिने निर्णय गरेको हो । 


महानगरपालिका नगर शिक्षा अधिकारी महेन्द्रबहादुर क्षेत्रीका अनुसार महानगरपालिकाभित्र कम दूरीमा नै धेरै निजी विद्यालय भएकाले त्यसलाई व्यवस्थित गर्नका यस्तो गरिएको हो ।

 
हाल महानगर क्षेत्रभित्र १८२ निजी र ४० संस्थागत गरी कुल २२२ विद्यालय रहेका छन । नक्साङ्कनको अभावमा कम दूरीमा नै धेरै विद्यालय रहेको नगर शिक्षा अधिकारी क्षेत्रीको भनाई छ । 


अहिले कुमारीपाटी, लगनखेल, जावलाखेल लगायतका भित्रि भागमा कम दूरीमा धेरै विद्यालय रहेका छन । 


अहिले सञ्चालनमा रहेका विद्यालयलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने छलफल भइरहेको शिक्षा अधिकारी क्षेत्रीले बताए । 


तीन चार वर्ष पहिलेसम्म निजी विद्यालय बढिरहँदा पनि सामुदायिक विद्यालय समायोजनमार्फत कम भएको महानगरपालिकाले जनाएको छ । त्यसयता भने सामुदायिक विद्यालयको समायोजन हुन नसकेको नगर शिक्षा अधिकारी क्षेत्रीले बताए । 


विद्यार्थी सङ्ख्या कम भएका विद्यालयको व्यवस्थापनका लागि महानगरपालिकाले जोड दिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex