१४ बैशाख २०८१, शुक्रबार
Header

ललितपुर महानगरपालिकाद्वारा ४ अर्ब ७२ लाखको बजेट प्रस्ताव, गाउँपालिकाबाट विकास अभियान थालिने 


प्रकाशित: सोमबार, २५ असार २०७५, १८ः५५ बजे
- महानगरखबर

ललितपुर । ललितपुर महानगरपालिकाले सोमबार आयोजना गरेको नगरसभाबाट आर्थिक बर्ष २०७५÷७६ का लागि रु चार अर्ब ५० करोड ७२ लाख ८७ हजारको बजेट प्रस्ताव गरेको छ ।

 
महानगरपालिकाले संघीय सरकारबाट  ८९ करोड ७८ लाख आयको अनुमान गरिएको छ भने प्रदेश सरकारबाट रु तीन करोड र आन्तरिक स्रोत रु एक अर्ब ७७ करोड ५४ लाख एक हजार आयको अनुमान गरिएको महानगरका उपप्रमुख गीता सत्यालले जानकारी दिएका छन् ।

 
अनुमानित व्ययमा प्रशासनिक खर्च, सामाजिक सुरक्षा भत्ता, आर्थिक, सामाजिक र पूर्वाधार विकासका क्षेत्रमा खर्च हुने अनुमान गरिएको छ ।

 
त्यसैगरी भौतिक पूर्वाधारसँगै खेलकुद, पर्यटन, शिक्षालगायत क्षेत्रको विकास गर्ने नीति लिएको तथा साविक गाउँपालिकाको विकासमा ध्यान केन्द्रित गरेको नगर प्रमुख चिरीबाबु महर्जनले नगरले बताएका छन् । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD