काठमाडौँ । ललितपुर महानगरपालिकाले आकाशे पुल (फ्लाई ओझर) निर्माणको सम्भाव्यता अध्यन सुरु गरेको महानगरपालिकाले जनाएको छ ।
महानगरपालिका प्रवक्ता राजु महर्जनका अनुसार पुल्चोकदेखि कुपण्डोलसम्म आकाशे पुल निर्माणका लागि सम्भाव्यता अध्ययन शुरु गरिएको जनाएको छ ।
पुल निर्माणमा लाग्ने लागत, उपयुक्त स्थानलगायत विषय अध्ययन प्रतिवेदनमा आउने महानगरपालिकाका प्रवक्ता महर्जनल बताए ।
पुल अध्ययनका लागि महानगरपालिकाले रु ९८ लाख बजेट छुट्याएको छ ।
जापानी सहयोग नियोग (जाइका) ले पुलका निर्माणको लागि चासो देखाएपनि जाइका एक्लैलाई गर्न दिने अथवा अरू साझेदारसँग सहकार्य गर्ने भन्ने अध्ययन पछि टुङ्गो लाग्ने बताइएको छ ।
Categorized in समाज