७ बैशाख २०८१, शुक्रबार
Header

ललितपुर महानगरपालिकाद्धारा ट्राफिक प्रहरीलाई रबर कोन र ह्विल लक प्रदान


प्रकाशित: मंगलवार, २१ पुष २०७७, १६ः०० बजे
- महानगरखवर

काठमाडौं । ललितपुर महानगरपालिकाले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई २ सय थान रबर कोन र ३० थान ह्विल लक प्रदान गरेको छ ।


दुर्घटना न्यूनीकरण गर्नेका लागि भन्दै सोमवार महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले महाशाखा प्रमुख जनक भट्टराईलाई यी सामग्री हस्तान्तरण गरेका हुन ।

 
प्रमुख महर्जनले ललितपुर महानगरलाई मुलुककै नमूना नगर बनाउने तथा नगर भित्र बढेको सवारी चाप र दुर्घटना न्यूनिकरण गर्न आफ्ना नगर प्रहरीलाई तालिमसमेत दिन थालिएको जानकारी दिए ।


नगरको सवारी व्यवास्थापनमा ट्राफिक प्रहरीलाई सघाउने भन्दै महानगरपालिकाले आफ्ना नगर प्रहरीलाई तालिम दिन लागेको हो । 


महर्जनले भने, ‘ट्राफिक व्यवस्थापन ट्राफिक प्रहरीको मात्र नभइ सडक विभाग यातायात व्यवस्था विभाग र स्थानीय सरकारको पनि हो ।त्यसैले ट्राफिक प्रहरीलाई सघाउ पुर्‍याउन हाम्रा नगर प्रहरीलाई तालिम दिन लागेका हौ।’


महानगगरले पछिल्लो नगर व्यवस्थापन गर्न अनावश्यक होर्डिङ बोर्डहरु, फुटपाथहरु हटाउन थालेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD