६ जेठ २०८१, आइतबार
Header

ललितपुर महानगरपालिकाको प्राङ्गणमा ‘वाटर एटिएम’ को उद्वघाटन


प्रकाशित: मंगलवार, २१ फागुन २०७५, १८ः२० बजे
- महानगरखबर

काठमाडौँ । नेपालमै पहिलो पटक ललितपुर महानगरपालिकाको प्राङ्गणमा ‘वाटर एटिएम’ को मेसिन जोडिएको छ । 


खानेपानी मन्त्री विना मगरले मंगलवार एक कार्यक्रमविच ‘वाटर एटिएम’को उद्वघाटन गरेका छन । प“धेरो नाम दिएको सो वाटर एटिएमको मन्त्री मगरले पानी पिएर द्धघाटन गरेका थिए । 


काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सक्रियता स्थापना गरिएको सो वाटर एटिएम उपत्यकाका २० स्थानमा वाटर एटीएम मेसिन जडान गरिने बोर्डले जनाएको छ । 


बोर्डका कार्यकारी निर्देशक डा सञ्जीव विक्रम राणाका अनुसार उक्त एटीएमबाट २०० मिलि लिटर र एक लिटर पानी झारेर पिउन पाइने व्यवस्था गरिएको छ । 


दुई सय मिलिलिटर पानीको मूल्य रु दुई र एक लिटर पानीको मूल्य रु १० राखिएको छ । उक्त एटीएममा रु दुईको क्वाईन हालेपछि पानी झर्ने व्यवस्था गरिएको छ भने छुट्टै एटीएम कार्ड प्रयोग गरेर पनि पानी पिउन पाइने व्यवस्था मिलाइएको छ । 


बोर्डले सुपिङ इन्टरनेशनल कम्पनीसँग सहकार्य गरेर नयाँ प्रविधि ल्याएको हो । 


वाटर एटिएम मेसिन सञ्चालन गर्ने सम्बन्धमा बोर्ड, महानगरपालिका र सुपिङ कम्पनीबीच त्रिपक्षीय सम्झौतासमेत भएको छ ।

 


 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD