१५ बैशाख २०८१, शनिबार
Header

ललितपुर महानगरद्वारा पाँच करोडको राहत कोष स्थापना


प्रकाशित: आईतबार, २३ चैत्र २०७६, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । ललितपुर महानगरपालिकाले पाँच करोड रुपैयाँको कोरोना भाइरस (कोभिड —१९) राहत कोष स्थापना गरेको छ ।


महानगरपालिकाको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले उक्त रकम बराबरको राहत कोष स्थापना गर्ने निर्णय गरेको हो ।


कोषका संयोजक समेत रहेका ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले लकडाउनका कारण काम गर्न नपाएका दैनिक ज्याला मजदुरी गर्नेलाई राहत उपलब्ध गराउने बताए । 


महानगरपालिकालमा लकडाउनका कारण कोही भोकै पर्न नहुने बताउँदै प्रमुख महर्जनले वडा वडामा प्राप्त भएको विवरण अनुसार राहत लिनेको संख्या करीब एक लाख हुने बताए । 


अर्थ मन्त्रालयले बिहीबार नयाँ मापदण्ड र राहत लिनको लागि भर्नुपर्ने फारमको नयाँ ढाँचा पठाएपछि ललितपुर महानगरपालिकाले शनिवार साँझ पाँच बजेसम्म सम्बन्धित पक्षलाई पुन निवेदन दिन आव्हान गरेको थियो । 


यस अघि महानगरपालिकाले सोमबार नै विपन्न, दैनिक, ज्यालादारी गर्ने लगायतको विवरण संकलनको लागि सूचना जारी गरेको थियो । 

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD