काठमाडौं । ललितपुर महानगरपालिकाले महानगरवासीहरुको लागि डेंगु परीक्षण निःशुल्क गर्ने भएको छ ।
महानगरका समाज कल्याण महाशाखा बाबु राजा महर्जनका अनुसार महानगरका १ देखि २९ वडाभित्र पर्ने ६ वटा स्थानबाट डेंगु परीक्षण किट वितरणसँगै परीक्षण निःशुल्क गरिएको छ ।
कपुण्डोल १ आधारभूत स्वास्थ्य केन्द्रमा विहान ७ः३० देखि ११ बजेसम्म परीक्षण सेवा लिन सकिनेछ ।
त्यसैगरी, एम.सी.एचं. क्लिनिक वडा ३, ठाडोढुुङामा, वडा कार्यालय ६ कनिबाहाल, बङुमति स्वास्थ्य चौकी, सैबु स्वास्थ्य चौकी र खोकना स्वास्थ्य चौकीबाट यो सुविधा लिन सकिने महाशाखाले जनाएको छ ।

Categorized in स्वास्थ्य