४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

ललितपुर महानगरको बजेट पारित, वडा वर्गिकरण अनुसार बजेट


प्रकाशित: बुधवार, १ साउन २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । ललितपुर महानगरपालिकाको चौथो नगरसभाले आ.व.२०७६/७७ लागि विनियोजित पाँच अर्ब ३१ करोड ४३ लाख ५७ हजारको बजेट पारित गरेको छ । 


मंगलवार सम्पन्न महानगरको नगरसभाले पारित गरेको बजेटको प्राथमिकता पूर्वाधार, मूर्त तथा अमूर्त सम्पदा र हरियाली संरक्षण रहेको छ । 


नगर प्रमुख चिरीबाबु महर्जनले पूर्वाधार निर्माणसँगै हरियाली प्रवद्धनलाई प्राथमिकतामा राखेको बताउँदै विकास सूचाङ्कका आधारमा हामीले वडालाई तीन किसिममा वर्गिकरण गरी बजेट वितरण गरिने जानकरी दिएका छन । 


बर्गिकरण अनुसार पहिलो किसिममा परेका वडालाई रु एक करोड ६५ लाख बजेट विनियोजन गरिएको छ जस अन्र्गत वडा नं १, ६, ७, ८, १०, ११ र १९ पर्दछन । 


त्यसैगरी दोस्रो किसिममा परेका वडालाई रु दुई करोड बजेट छुट्टाइएको छ जसमा वडा नं., ३, ४, ५, ९, १३, १४, १५ र १७ रहेका छन भने तेस्रो किसिममा परेका वडालाई दुई करोड ७५ लाख बजेट विनियोजन गरएको छ । सो वडाहरुमा १२, १६, १८, २०,२१, २२, २३, २४, २५, २६, २७, २८ र २९ पर्छन । 


चांैथो नगरसभाले आर्थिक वर्ष २०७६÷७७ का लागि रु गत असार १० गते महानगरपालिकाले यस आवका लागि रु पाँच अर्ब १७ करोड १६ लाख ३२ हजारको बजेट प्रस्तुत गरेको थियो । 


कार्यपालिका बैठकले ६६ नगर तथा २६ कार्यपालिका सदस्यद्वारा १० बँुदा संशोधन माग विषयक छलफलमा सहमति भएपछि रु १४ करोड २७ लाख २५ हजार थपी नीति तथा कार्यक्रम पास गरिएको हो ।

 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika