१३ बैशाख २०८१, बिहिबार
Header

ललितपुर महानगरका १४७ जनप्रतिनिधिको स्वाब संकलन


प्रकाशित: आईतवार, ४ जेठ २०७७, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । ललितपुर महानगरपालिकाका एक सय ४७ जना जनप्रतिनिधिको पीसीआर परीक्षणको लागि स्वाब संकलन गरिएको छ ।


आईतवार महानगरपालिकाले २९ वटै वडाका  सबै जना जनप्रतिनिधिको स्वाब संकलन गरिएको हो । 


यस शनिवार स्वास्थ्यकर्मी र सफाइकर्मी गरी ११९ जनाको आरडिटी र २११ जनाको पीसीआर परीक्षण भएको महानगरपालिकाले वताएको छ ।


त्यसैगरी महानगरभित्र काम गर्ने पत्रकार, फलफूल व्यवसायी, ग्याँस डिलरहरुमा काम गर्ने व्यक्तिहरुको पनि पीसीआर र आरडीटी परीक्षण गर्न लागिएको छ । 


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महानगरपाकिाललाई एक हजार ५० थान पीसीआर किट उपलब्ध गराएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD