६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

ललितपुर महानगरका १० वटा सहकारी संस्था खारेज 


प्रकाशित: शनिवार, १३ फागुन २०७९, १५ः४० बजे
- महानगरखवर

काठमाडौं । ललितपुर महानगरपालिकाले महानगरभित्र रहेको १० वटा सहकारी संस्था खारेजी गरेको छ । 


महानगरले ललितपुर महानगरपालिका सहकारी ऐन, २०७५ को दफा २९ उपदफा (२) बमोजिम ती सहकारी संस्थाहरु खारेज गरेको जनाएको छ । 


खारेज गरिएको सहकारी संस्थाहरुमा श्री महिला सिप विकास बहुउदेश्य सहकरी संस्था लि. वडा २, वडीखेल पर्यटन सहकारी संस्था लि. वडा ५, श्री प्रयास बहुउदेश्यी सहकारी संस्था लि. वडा १०, एभरग्रिन बचत तथा ऋण सहकारी संस्था लि. वडा १२, श्री कुसन्ती बहुउदेश्यी सहकारी संस्था लि. वडा १३ छन ।


त्यसैगरी, पारपीदेवी महिला बिकास बचत तथा ऋण सहकारी संस्था लि. वडा १८, श्रीराजबृक्ष जडीबुटी सहकारी संस्था लि. वडा २३, श्री एभरेष्ट कृषी सहकारी संस्था लि. वडा २३, श्री रातो सूर्य सुचना तथा संचार सहकारी संस्था लि. वडा २३ र भृगेश्वर उपभोक्ता सहकारी संस्था लि. वडा २७ लाई खारेज गरेको महानगरले जनाएको छ ।

 


महानगरको मिति २०७९ माघ २९ को निर्णय अनुसार ती सहकारी संस्था्हरु खारेज गरेको हो ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex