२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

ललितपुर महानगरका शिक्षा अधिकृत एक लाख घुससहित पक्राउ


प्रकाशित: विहिवार, २५ फागुन २०७९, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । ललितपुर महानगरपालिकाका शिक्षा अधिकृत शेषकान्त पौडेललाई १ लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । 


महानगर शिक्षा महाशाखामा कार्यरत पौडेललाई आयोग टंगालको टोलीले बिहीबार घुस रकम लिइसकेको अवस्थामा कार्यकक्षबाटै पक्राउ गरेको हो ।


पक्राउ परेका पौडेलले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिएवापत घुस मागेको सूचनाको आधारमा अख्तियारको टोली पक्राउ गरेको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले बताएका छन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex