काठमाडौं । ललितपुर महानगरपालिकाद्वारा नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयहरुमा आधारभूत तहमा ‘सडक सुरक्षा शिक्षा’ लागू गर्ने भएको छ ।
सोमवार महानगरपालिकाद्वारा फागुन २९ गते सोमवार आयोजित ‘सडक सुरक्षा शिक्षा’ आधारभूत पाठ्यपुस्तक विमोचन समारोहमा उक्त कुराको जानकारी दिइएको हो ।
चर्चित हास्य कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा मेयर चिरीबाबु महर्जन, उपमेयर मञ्जली शाक्य, ललितपुर प्रहरी परिसर प्रमुख एसपि सिद्धिविक्रम शाह र महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश अर्याललगायत विभिन्न विद्यालयका गरि १० जना छात्र-छात्राहरुले संयुक्तरुपमा पुस्तकको विमोचन गरिएको थियो ।
नगर प्रहरी प्रमुख सिताराम हाछेथु प्रधान सम्पादक रहनुभएको उक्त पुस्तकको विमोचन गर्नुहु‘दै हास्य कलाकार मदनकृष्ण श्रेष्ठले ट्राफिक नियम पालना गर्ने नागरिक सभ्य हुने धारणा राख्नुभयो ।
समारोहमा मेयर चिरीबाबु महर्जनले ललतिपुरलाई स्मार्ट सीटी बनाउने आफूहरुको अभियानअनुरुप दोस्रो कार्यकालभित्र ललितपुरलाई उपत्यकाकै उज्यालो सहरको रुपमा चिनाउने काम अघि बढिइरहेको बताउनुभयो । उहॉले प्रकाशित सडक सुरक्षा शिक्षा पाठ्यपुस्तक दक्षिण एशियामै पहिलो भएको बताउनुभयो ।
त्यस्तै उपमेयर मञ्जली शाक्य आस्थाले आफूहरु समृद्धिको बाटोमा रहेको बताउनुहु‘दै ब्यवहारिक शिक्षा लागू गर्दै जाने नीतिअनुरुप सडक सुरक्षा शिक्षाको पाठ्यपुस्तक तयार भएको बताउनुभयो ।
समारोहमा प्रमुख प्रशासकिय अधिकृत गणेश अर्यालले स्वागत मन्तब्य राख्नुहु‘दै सहरमा मानिस मर्नुका मुख्य कारणहरुमध्ये सडक दुर्घटना चौथो कारण भएको बताउनुभयो ।
Categorized in स्थानिय