६ बैशाख २०८१, बिहिबार
Header

ललितपुर महानगरका विद्यालयले जेठ २५ गतेभित्र नतिजा प्रकाशन गर्नु पर्ने


प्रकाशित: शुक्रवार, जेठ ७ २०७८, १६ः३० बजे
- महानगरखवर

काठमाडौं । ललितपुर महानगरपालिका विद्यालयहरुले जेठ २५ गतेभित्र विद्यार्थीको नतिजा प्रकाशन गर्न निर्देशन दिएको छ । 


महानगरले विद्यालयहरुलाई विद्यार्थीको आन्तरिक एवं वैकल्पिक विधिबाट मूल्यांकन गरी नतिजा प्रकाशन गर्न भनेको छ । 


शुक्रबार ललितपुर महानगर उपप्रमुख, परीक्षा तथा समन्वय समितिका अध्यक्षको बैठकको निर्णय अुनसार कोभिड–१९ तिव्र रुपमा बढ्दै गएको यस अवस्थामा भौतिक उपस्थितिमा परीक्षा गराउन सम्भव नभएकोले आन्तरिक मूल्यांकनको आधारमा गरिएको आएको नतिजा २५ गतेभित्र शिक्षा महाशाखामा पठाउन निर्देशन दिएका हुन । 


विद्यालयले यसअघि लिएको परीक्ष, विद्यार्थी निरन्तर मूल्यांकन, आन्तरिक मूल्यांकन र अन्य बैकल्पिक विधिबाट विद्यार्थी मूल्यांकनको आधारमा र कक्षा ८ को विद्यार्थीको हकमा विद्यार्थीले प्राप्त गरेको विषयगत प्रयोगात्मक प्राप्तांक (अंकमा) समेत खुलाई तोकिएको एक्सेल सीटमा प्रविष्ट गरी जेठ २५ गतेभित्र शिक्षा महाशाखामा पठाउनुपर्ने छ ।


यसअघि विद्यालयले विद्यार्थी विवरण पठाएकै एक्सेल सीटमा उल्लेख भए बमोजिम विषयगत प्राप्तांक (अंकमा) प्रविष्ट गरी lalitpurmetroedu@gmail पठाउन निर्देशन दिइएको छ ।

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD