काठमाडौं । ललितपुर महानगरपालिकाले जेष्ठ नागरिकहरुलाई निमोनियाको भ्याक्सिन लागाउने भएको छ ।
महानगरको सामाजिक विकास समितिको बुधवार बसको बैठकको निर्णयले वडा १ देखि २९ सम्मका जेष्ठ नागरिकहरुका लागि निमोनिया भ्याक्सिन अभियान सञ्चालन गर्ने भएको हो ।
वडाका ७० देखि ८५ बर्ष उमेर समूहको स्थानीय जेष्ठ नागरिकहरुलाई भ्यासिन दिने भएकोले चैत्र १८ गते सम्म महानगरको जनस्वास्थ्य शाखामा विवरण उपलव्ध गराउनु पर्ने समाज कल्याण महाशाखा प्रमुख बाबुराजा महर्जनले जानकारी दिए ।
Categorized in स्वास्थ्य