२७ बैशाख २०८१, बिहिबार
Header

ललितपुर बाणिज्य संघको आज सधारणसभा, भोली निर्वाचन, यी ३ विच प्रतिस्पर्धा हुँदै


प्रकाशित: शुक्रवार, १९ असोज २०८०, १०ः०० बजे
- महानगरखबर

काठमाडौं । ललितपुर उद्योग बाणिज्य संघको शुक्रवारबाट ४४ औं साधारणसभा सुरु हुँदैछ । 


ललितपुरको यल दरवारमा विहान १० बजेदेखि हुने साधारणसभामा संस्थाको गतिविधि, बार्षिक प्रतिवेदन, लेखा परिक्षण प्रतिवेनद प्रस्तुत लगायतको कार्यक्रम हुने आयोजकले जनाएको छ ।

 
यस साधारणसभापछि नेतृत्वको पनि चयन हुने भएकोले सोको लागि भोली शनिवार विहान ८ बजेदेखि जावालाखेलस्थित स्टाफ कलेजनमा निर्वाचन हुने तय भएको छ ।


संघको नेतृत्वको दौडमा यतिखेर ३ जना चुनावी प्रस्पिर्धामा उत्रेका छन । यस प्रतिस्पर्धाका विच ललितपुरका उद्योगी, व्यवसायीहरुलाई यतिवेला साधारणसभा र चुनावी चटारोले समातेको छ । 


अध्यक्षको प्रतिस्पर्धामा ४३ औं साधारणसभामा एउटै प्यानलबाट चुनाव जितेका संघका वरिष्ठ उपाध्यक्ष विश्वराज बज्राचार्य र महासचिव रुपकमान दुई फरक – फरक प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन । 


अर्का प्रतिस्पर्धी संघको लामो अनुुभव सम्माहालेका पूर्व वरिष्ठ उपाध्यक्ष रवीन्द्रराज ताम्रकार पनि चुनावी मैदानमा उत्रेका छन । त्रिपक्षीय प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारहरुलाई मतदाताहरुले कसरी हेरेका छन त ?


स्वतन्त्र उम्मेदवार दिएका ताम्रकारको विषयमा चार्चा गर्दा दुई संस्थाको अध्यक्ष बन्नुहुन्न भन्ने मान्यताले दुई कार्यकाल पर्खिएर स्वतन्त्र उम्मेदवार बनेका हुन ।


योग्यता, क्षमता र अनुभवका हिसाबले ताम्रकार उपयुक्त पात्र भएपनि स्वतन्त्र व्यक्तिले कसरी चुनाव जित्लान भन्ने प्रश्नमा दुवै प्यानलबाट जो विजयी भएपनि सबैसंग मिलेर काम गर्ने उद्देश्यले प्यानल बनाउने परम्परालाई तोडेर उम्मेदवारी दिएको बुझिएको छ ।


यता अध्यक्षका प्रतिस्पर्धामा रहेका हाल वरिष्ठ उपाध्यक्ष रहेका बज्राचार्य पहिले उपाध्यक्ष थिए । 


बज्राचार्य सडक बालवालिकाका लागि काम गर्ने ‘साथसाथ’ नामक गैरसरकारी संस्थामा आवद्ध रहेकोले उद्यमी व्यवसायीमाझ खासै घुलमिल नभएका बज्राचार्यले अहिलेसम्म व्यवसायीको हकहीतका पक्षमा कहीकतै नबोलेको व्यवसायीहरुको भनाई छ ।  


अर्का उम्मेदवार वर्तमान महासचिव महर्जन घरजग्गा सम्बन्धि कारोवार गर्ने गरेको छ । संघको महासचिवको भूमिकामा रहंदा प्रभावकारी कार्यक्रमहरु सञ्चालन गर्न नसकेका गुनासोहरु प्रतिस्पर्धीहरुविचमै चर्चा चलेको छ ।

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD