२७ बैशाख २०८१, बिहिबार
Header

ललितपुर निर्माण व्यवसायी संघको अध्यक्षमा पञ्चराम महर्जन निर्विरोध निर्वाचित


प्रकाशित: आइतवार, २१ असोज २०८०, १९ः०० बजे
- नवराज कुँवर

काठमाडौं । ललितपुर निर्माण व्यवसायी संघको अध्यक्षमा पञ्चराम महर्जन निर्विरोध निर्वाचित भएका छन । 


शनिवार सम्पन्न संघको १४ औं साधारणसभा तथा सातौ अधिवेशनबाट महर्जनको अध्यक्षतामा १९ सदस्य नयाँ कार्यसमिति चयन भएको निर्वाचन अधिकृत विदुर बहादुर घिमिरेले बताएका छन ।

 
संघको वरिष्ठ उपाध्यक्षमा भगिरथ तिमल्सिना, प्रथम उपाध्यक्षमा अमर शाक्य, द्वितीय उपाध्यक्षमा मोहन कृष्ण बस्नेत, सचिवमा दिनेश श्रेष्ठ, सहसचिवमा हरिघर श्रेष्ठ, कोषाध्यक्ष गोकुल खड्का र सह–कोषाध्यक्षमा श्याम कुमार गिरी निर्विरोध निर्वाचित भएका हुन ।


त्यसैगरी, कार्य समिति सदस्यहरुमा महिला सदस्यमा मिना भण्डारी, दलित सदस्यमा भवनाथ दुदराज, जनजाति तर्फबाट सदस्यमा कृष्ण कुमार महर्जन, र खुल्ला सदस्यहरुमा पुस्कर श्रेष्ठ, विश्वास कार्की, जितेन्द्र देशार, राजु महर्जन, जगत बहादुर लो, श्याम ज्योती बोहोरा, दोलराज अधिकारी, कविन्द्र कुमार लामा निर्वाचित भएका छन ।

 


यस अवसरमा बागमति प्रदेश सभा सदस्य मिनकृष्ण महर्जनले संघका नवनिर्वाचित अध्यक्ष महर्जनलाई बधाई तथा शुुभकामना समेत दिएका छन । 


 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD