१८ बैशाख २०८१, मंगलबार
Header

ललितपुर ढोलाहिटी हत्याकाण्डका ४ आरोपी सार्वजनिक


प्रकाशित: मंगलवार, १३ चैत्र २०८०, १३ः३० बजे 
- महानगरखवर

काठमाडौं । ललितपुर प्रहरीले ललितपुर महानगरपालिका– २६ को ढोलाहिटी ग्याङ फाइटमा २ युवकको हत्या आरोपमा ४ जनालाई सार्वजनिक गरेको छ । 


मंगलवार जिल्ला प्रहरी परिसर ललितपुर पत्रकार सम्मेलन गरेर हत्या आरोपीहरुलाई सार्वजनिक गरेको हो । 


सो घट्नामा प्रहरीले होटल डिप्रस्पाइनका सञ्चालक खोटाङ साकेला गाउँपालिका वडा नम्बर २ सेखुवा घर भई हाल ललितपुर महानगर २६ जैनखेल बस्ने ३१ वर्षीय विजय राई र खोटाङ साकेला गाउँपालिका २ रतन्छा घर भई हाल ललितपुर १५ खुमलटार बस्ने होटलकै अर्का सञ्चालक ३० वर्षीय सुलभ राईलाई पक्राउ गरेको छ ।


त्यसैगरी, भोजपुर ट्याम्केमयुङ गाउँपालिका २ अन्नपूर्ण घर भई ललितपुर २६ जैनखेल बस्ने ३८ वर्षीय विशाल हाड मुकारूङ राई, काठमाडौं गोकर्णेश्वर नगरपालिका ११ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका ६ सानागाउँ बस्ने वर्ष २५ को हाड राई पक्राउ परेका हुन । 


सो घट्नामा होलीका दिन आइतबार राति ग्याङ फाइट हुँदा पाँचथर घर भई खुमलटार बस्ने पुजन राई र धरान घर भई ढोलाहिटी बस्ने रोवश राईको मृत्यु भएको थियो ।


होटलमा राती खाजाघरमा पुगेर मदिरा सेवन गरेका युवाबीच चक्कु हानाहान हुँदा सो घट्ना हुन पुगेको प्रहरीले बताएको छ । 


यस घटनामा संलग्न रहेको आरोपमा वारदात पाजु गुरुङ भन्ने व्यक्ति फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ । 


पक्राउ परेकाहरूलाई ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाएर अनुसन्धान भइरहेको छ । यस घटनामा अनुसन्धानका लागि थप ८ जनालाई पनि नियन्त्रणमा लिइएको छ ।

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD