२९ आश्विन २०८३, बिहिबार
Header

ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा भूमिनन्दन कर्माचार्य निर्वाचित


प्रकाशित: सोमवार, २६ असोज २०८३, ११ः०० बजे
- महानगरखबर

काठमाडौँ । ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा भूमिनन्दन कर्माचार्य निर्वाचित भएका छन्।


संघको ४७औँ वार्षिक साधारणसभापछि शनिवार सम्पन्न निर्वाचनमा कर्माचार्यले ८ सय ६० मत प्राप्त गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन्।


संघको नयाँ कार्यसमितिमा कर्माचार्यसँगै विभिन्न पदाधिकारी तथा सदस्यहरू निर्वाचित भएका छन्।


वरिष्ठ उपाध्यक्षमा रूपकुमार शाक्य निर्वाचित भएका छन्। त्यस्तै, उद्योग उपाध्यक्षमा सजना श्रेष्ठ (नेम्कल), वाणिज्य उपाध्यक्षमा सञ्जय अमात्य र संस्थागत उपाध्यक्षमा सुविन बज्राचार्य निर्वाचित भएका छन्।


यसैगरी, महासचिवमा मिलन शाक्य र कोषाध्यक्षमा सुशीला श्रेष्ठ जोशी निर्वाचित भएका छन्।


नवनिर्वाचित अध्यक्ष कर्माचार्यले संघलाई अझ प्रभावकारी बनाउँदै उद्योगी तथा व्यवसायीका समस्या समाधानलाई प्राथमिकता दिने बताएका छन्।


उनले व्यवसायीको हकहित संरक्षण, व्यावसायिक सुरक्षाको प्रत्याभूति र संघको संस्थागत भूमिकालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।


कर्माचार्यले स्थानीय तहदेखि व्यवसायी तथा सरोकारवालासँग निरन्तर संवाद र समन्वय आवश्यक रहेको उल्लेख गर्दै पार्किङ, सडक, फुटपाथ व्यापार, कर तथा पूर्वाधारसँग सम्बन्धित समस्याहरू समाधानका लागि पहल गर्ने बताएका छन्।


उनले संघलाई समस्या प्रस्तुत गर्ने संस्थामा मात्र सीमित नराखी समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने र त्यसको निरन्तर अनुगमन गर्ने संयन्त्रका रूपमा विकास गरिने पनि बताएका छन्।


नवनिर्वाचित कार्यसमितिले ललितपुरको व्यावसायिक वातावरण सुधार, उद्योगी-व्यवसायीको हकहित संरक्षण र संघको संस्थागत सुदृढीकरणमा काम गर्ने अपेक्षा गरिएको छ।

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
kmc 28 wada bharam
maharjan complex