२७ बैशाख २०८१, बिहिबार
Header

ललितपुर उद्योग बाणिज्य संघको अध्यक्षमा विश्वराज बज्राचार्य निर्वाचित


प्रकाशित: आइतवार, २१ असोज २०८०, ०९ः४० बजे
- महानगरखबर

काठमाडौं । ललितपुर उद्योग बाणिज्य संघको अध्यक्षमा विश्वराज बज्राचार्य निर्वाचित भएका छन । 


शनिवार सम्पन्न संघको ४४ औं साधारणसभा एंव निर्वाचनबाट बज्राचार्य अध्यक्ष पदमा निर्वाचित भएका हुन । 


बज्राचार्यले ६४२ मत ल्याई बिजयी भएका हुन । उनको निकटतम प्रतिस्पर्धी रुपकमान महर्जनले ५५२ मत ल्याएका छन । 


अर्का अध्यक्षको प्रतिस्पर्धीमा स्वतन्त्र उम्मेदवार  रविन्द्रराज ताम्रकार रहेका थिए । 


निर्वाचनबाट संघको बरिष्ठ उपाध्यक्षमा सुसन महर्जन, उपाध्यक्षहरुमा आपुलाल अवाले, सुनिल शाक्य, रमेश सिं महर्जन, महासचिव भुमी नन्दन कर्माचार्य, कोषाध्यक्ष राजु महर्जन निर्वाचित भएका छन । 
 

संघको सदस्यहरमा अनिल महर्जन, गुणकेशरी ताम्रकार, प्रविण ताम्रकार, प्रविन बज्राचार्य, सजना श्रेष्ठ(नेम्कुल), सुदिक्षा डंगोल उधोग क्षेत्रबाट निर्वाचित भएका छन ।


त्यसैगरी, बाणिज्य क्षेत्रबाट प्रशम राज बज्राचार्य, विक्रम बज्राचार्य, महेश्वर लाल खोँसी, राजेश राज बज्राचार्य, विमला शाक्य, शर्मिला श्रेष्ठ जोशी, सुजन बज्राचार्य चुनिएका छन । 


संस्थागत क्षेत्रबाट कार्यसमिति सदस्यमा  निर्वाचित हुनेमा पूर्ण बहादुर महर्जन र एशोसियटबाट रवि महर्जन रहेका छन ।

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD